काठमाडौं।
बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित सडकमा कञ्चनपुर झलारीबाट दाङ तुल्सीपुरतर्फ जाँदै गरेको ना.७ ख ४१२ नम्बरको बसको ठक्करबाट साइकलयात्री मधुवन नगरपालिका-१ खैरेनी बस्ने ६९ वर्षीय मान बहादुर चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, लमही नगरपालिका-७ स्थित सडकमा सतबरियाबाट लमहीतर्फ जाँदै गरेको लु.३ च ३०९० नम्बरको पिकअप गाडीको ठक्करबाट बबई गाउँपालिका-३ पुरन्धारा बस्ने ४५ वर्षीया फुलबारी चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका २ जना मध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया