एजेन्सी।
अमेरिकामा एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको छ। बुधबार वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।
दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन्।
अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको थियो ।
यसैबीच, विमान दुर्घटनास्थलमा ‘ब्ल्याक बक्स’ भेटिएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) का अनुसार विमानको ब्ल्याक बक्समार्फत के–कसरी विमान दुर्घटना भयो भन्नेबारे जानकारी पाउन सहज हुनेछ ।
प्रतिक्रिया