ललितपुर।
प्रेस चौतारी नेपाल ललितपुरको अध्यक्षमा नवीन लुइँटेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न छैठौ अधिवेशनले उनको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा अशोक दुलाल, महिला उपाध्यक्षमा शान्ति घिमिरे, सचिवमा सन्तोष दाहाल, सहसचिवमा लक्ष्मण दुलाल, समावेशी सहसचिवमा रवि महर्जन र कोषाध्यक्षमा समीर थापा निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल र विधान रिजाल रहेका छन् । अधिवेशनले ६–६ जना केन्द्रीय र प्रदेश पार्षद् निर्वाचित गरेको छ । केन्द्रीय पार्षदमा बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल, सन्तोष दाहाल रहेका छन । भने प्रदेश पार्षदमा जीबी लामा, सौगात मिश्र, नवराज सन्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य, विधान रिजाल रहेका छन् । ललितपुरमा २ सय २१ जना सदस्य छन् ।

यसैबीच जिल्ला समितिले दुईजना पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पुरस्कार पाउनेहरुमा विष्णु कल्पित र नेपाल प्रेस अनलाईनका सम्पादक मात्रिका पौडेललाई पुरस्कृत गरेको छ । उनलाई एमालेका कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले सम्मान गरेका थिए । सम्मानित दुवैजनालाई ७–७ हजार रुपियाँ प्रदान गरिएको थियो । अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले मुलुकको विकासमा पत्रकारिता जगतले महत्वपुर्ण योगदान दिएको बताए ।

फरक प्रसङ्गमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई अस्थिरतातर्फ लैजान लागेको आरोप लगाए । अधिवेशनमा प्रेस चौतारीका विश्वमणी सुवेदी , महासचिव हिरामान लामा, एमाले ललितपुर जिल्ला कमिटि सदस्य रमेश घिमिरे , ललितपुर जिल्ला इन्चार्ज, ईश्वरराज ढकाल , प्रेस चौतारी ललितपुरका अध्यक्ष वालमुकुन्द आचार्य, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्की, प्रेस युनियन ललितपुरका अध्यक्ष केदानाथ दाहाल, प्रेस चौतारी ललितपुरका पूर्व अध्यक्ष रमेहश तिमल्सिनाले बोलेका थिए ।
प्रतिक्रिया