काठमाडौँ।
प्यालेष्टिनी हमास समूहले बिहीबार थप ८ जना बन्दी रिहा गर्दैछ । युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन्। पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन।
गाजामा हमासको कब्जामा आठ थाइ बन्दी छन्। नेपालका एक र तान्जानियाका एक जना छन्। थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको बताइएको छ।
नेपाली नागरिक विपिन जोशी छुट्न सक्ने सम्भावनाबारे विभिन्न अनुमान भइरहेको छ। तर, इजरेलस्थित नेपाली राजदूतले जोशीको पछिल्लो अवस्था तथा उनी कहिले छुट्लान् भन्नेबारे “नयाँ जानकारी प्राप्त हुन नसकेको” बीबीसीलाई बताएको बीबीसीको समाचारमा उल्लेख छ।
राजदूत पण्डितका अनुसार बुधवार राति उनले इजरेली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए। त्यस क्रममा इजरेली अधिकारीहरूले बिहीवार तीन इजरेली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताएका छन्।
उनका अनुसार अब एक थाई र नेपाली विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ। आज विपिन जोशी छुटेनन् भने शनिवार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा रहेको पण्डितको भनाइ छ।
प्रतिक्रिया