एजेन्सी ।
भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। भागदौडका क्रममा अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए। मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीय समय अनुसार बिहान १:०० देखि २:०० बजेको बीचमा भागदौड भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।











प्रतिक्रिया