कुम्भ मेलामा भागदौड, कम्तीमा १४ जनाको मृत्यु


एजेन्सी ।

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भागदौडमा कम्तिमा ४०/५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको दैनिक भास्करले जनाएको छ। यद्यपि भागदौडमा कतिजना घाइते भए र कतिको मृत्य भयो भन्ने आधिकारिक जानकारी आइसकेको छैन।

भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन्। होहल्लाका कारण एकाएक भागदौड मच्चिएको जनाइएको छ। भागदौडपछि प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ।