साहित्यकार कायस्थलाई नेपालभाषा साहित्य सिरपा


ललितपुर।

नेपालभाषा मंका खलः यलले यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपा (पुरस्कार) भक्तपुरका वरिष्ठ साहित्यकार तिलकप्रसाद कायस्थलाई प्रदान गरेको छ ।

नेपाल भाषाका साहित्य र संस्कृतिको विकासमा उल्लेखनीय योगदान पु¥याए वापत साहित्यकार कायस्थ लाई सोे पुरस्कार प्रदान गरिएको हो ।

एक समारोहकाबीच वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साहित्यकार कायस्थलाई सो पुरस्कार प्रदान गरे। पुरस्कारको नगद राशि ५१ हजार रुपैयाँ रहेको छ ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनपछि स्थापित सो पुरस्कार यसअघि वरिष्ठ साहित्यकार फणिन्द्ररत्न बज्राचार्यलाई प्रदान गरिएको थियो।