हेटौंडा ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ।
प्रतियोगिताको पहिलो दिन वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले जित दर्ता गरे। २४ औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जनमाथि टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेका हुन्।
पहिलो चरणको जितबाट राजनसँगैं रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष फूँयालले समान महत्वपूर्ण १ अंक जोड्न सफल भएका छन्।
महिला तर्फ उदीयमान खेलाडी ईशा गिरिले पुनम प्रसाईं र एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गरेर अप्रत्याशित नतिजा निकाले । बाँकेकी ईशाले झापाकी पुनमविरुद्ध विसप सेन्टरलाइज गर्दै महत्वपूर्ण स्क्वायर कभर गरि जित हासिल गरिन् । काठमाडौंकी एञ्जेलले भने ओलम्पियाड खेलाडी शान्ति धिमाललाई एक्सिलेण्ट मुभ चालि हराएकी थिइन् ।
आयोजकको अनुसार प्रतियोगिता सञ्चालन गर्न २५ लाख खर्च हुने छ। सो खर्च बाग्मती प्रदेश खेलकुद बिकास परिषद, राष्ट्रिय खेलकुद परिषद, हेटौंडा उपनगरपालिकालगायतबाट रकम संकलन गरिनेछ।











प्रतिक्रिया