फेरिल्यान्ड र इबीए विजयी


काठमाडौं ।

फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा आइतबार जित हासिल गरेका छन् ।

फेरिल्यान्डले न्युटनलाई १७–१२ ले पराजित गर्‍यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले १० अंक योगदान गरिन्। अनामिका पटेलको ११ अंक सहयोगमा इबीएले ग्रिनल्यान्डलाई २२–१८ ले हरायो।

जुनियर गर्ल्समै भ्याली पब्लिकले बागमतीलाई २८–२१, सत्यसाइले एन्जल्स हार्टलाई १३–८, निस्टले तेजस्वी एकेडेमीलाई २८–२२, बौद्ध चिल्ड्रेन हेभेनले रिब्सलाई २२–१५ र काष्ठमण्डपले टीआईएलाई १२–६ ले पाखा लगाए।