एजेन्सी ।
इटालीका यानिक सिनरले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। सिनरले आइतबार मेलबर्नमा भएको फाइनल खेलमा जर्मनीका एलेक्जान्डर ज्वेरेभलाई सीधा सेटमा हराएका हुन्। योसँगैं सिनरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपनमा धाक जमाए।
सिनरको करिअरमा यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । गत वर्ष उनले अस्ट्रेलियन ओपन र यूएस ओपन उपाधि जितेका थिए । यस प्रतियोगितामा दावेदारीको रूपमा देखिएका सर्बियाका नोभाक जोकोभिचले सेमिफाइनलमा नाम फिर्ता लिएका थिए । उनले ज्वेरेभविरुद्ध खेल त्यागेपछि २५ औं ग्रान्डस्लाम उपाधि जित्ने उनको सपना चकनाचुर भएको थियो ।
जोकोभिचले खेल परित्याग गरेपछि ज्वेरेभले फाइनल खेल्ने मौका पाए। तर, उनले उपाधि जित्न असफल भए। उनी योसमेत गरी तेस्रो ग्रान्डस्लाम फाइनलमा पराजित हुन पुगे। यसअघि उनी गत वर्षको फ्रेन्च ओपन र २०२० को यूएस ओपनको फाइनलमा हारेका थिए।











प्रतिक्रिया