काठमाडौँ।
बेरोजगार आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिलासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको पर्सागढी न.पा. वडा न.३ घर भई हाल काठमाण्डौं- ३२ बस्ने ३९ वर्षीय शारदा कार्की र गुल्मी सत्यवती गा.पा-.१ घर भई हाल काठमाडौँ- ८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन्।
पक्राउ मध्ये शारदा कार्कीले क्यानडा पठाइदिन्छु भनी ५ जना पीडितसंग ६,८५,५००।– (छ लाख पचासी हजार पाँच सय) र रविन श्रेष्ठले जापान पठाइदिने भन्दै एक जना पीडितसंग २०,५०,०००– (बीस लाख पचास हजार) लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदा कार्कीलाई काठमाडौंको टेकुबाट र रविन श्रेष्ठलाई काठमाडौंको कालोपुल बाट आइतबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।











प्रतिक्रिया