कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं ।

सङ्घीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने, हालै जारी भएका अध्यादेशको एकजुट भएर प्रतिरक्षा गर्ने, संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ। सो बैठक दुई दिनसम्म चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

आगामी १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ। गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आह्वान गरिसकेका छन्।