काठमाडौं ।
नेपाल आर्मीका राजन रोकाया पुरुषमा र धादिङकी सन्तोषी श्रेष्ठ महिलातर्फ उपाधि जितेका छन्। चौथो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनमा राजन र सन्तोषीले उपाधि जितेका हुन्।
निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ६ मिनेट १० सेकेन्ड समय खर्चे । राजनभन्दा ५ सेकेन्डले पछि आर्मीकै खडकबहादुर खड्का १ घण्टा ६ मिनेट १५ सेकेन्ड समयसाथ दोश्रो भए। १ घण्टा ६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेश्रो बने। आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे।
दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए।
आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए। पुरुष/महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे।











प्रतिक्रिया