टाइगर कप शुरू


पोखरा ।

इगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा पाँचौं संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरू भएको छ।

शनिवार सम्पन्न पहिलो खेलमा विभागीय क्लब एपीएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–२ सेटले हराएको छ। यस्तै, टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो।

आर्मी र आयोजक टोलीबिचको पहिलो दिनको अन्तिम खेल स्थगित भएको छ । तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो ।