काठमाडौं ।
७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौडमा नेपाली सेनाका सबिन कार्कीले पहिलो स्थान हासिल गरेका छन् । सबिनले १९.१३ मिनेटमा निर्धारित दूरी पार गरी ३० हजार नगद समेत प्राप्त गरे।
यस्तै, सेनाकै धनबहादुर शाही दोस्रो र एपीएफका मीनबहादुर बस्नेत तेस्रो भए । धनले निर्धारित दूरी १९.१८ मिनेटमा र मिनले २०.१३ मिनेटमा पार गरेका थिए । उनीहरूले क्रमशः २० हजार र १० हजार नगद प्राप्त गरेका थिए।
प्रतियोगितामा प्रहरी, सेना, सशस्त्र, भन्सार कर्मचारी, भन्सार एजेन्ट, पारवाहन तथा गोदाम व्यवस्थापन समिति, लागू औषधि ब्यूरो, नेपाल फ्रेट फरवार्डस एसोसिएसनसहित २०० जनाले सहभागिता जनाएका थिए।











प्रतिक्रिया