एकमार्क कलेजमा विज्ञान प्रदर्शनी


काठमाडौं ।

काठमाडौंको कलंकीस्थित विजडम एकेडेमी तथा एकमार्क कलेजमा एक दिने विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। 

युवा विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीले स्वतःस्फूर्त रूपमा प्रस्तुत गरेको विज्ञान प्रदर्शनीले उनीहरूले भविष्यमा अझै सफलता हासिल गर्न सक्ने सो विद्यालयका प्रिन्सिपल शिवप्रसाद अधिकारीले बताए। 

विद्यार्थीहरूले स्मार्ट सिटी, जलविद्युत आयोजना, रोबोट, ड्रोन को प्रयोग लगायतका विभिन्न किसिमका विज्ञान र प्रविधि सम्बन्धी कला प्रस्तुत गरेका थिए। 

आफ्नै छोरा छोरीले स्मार्ट सिटी निर्माण देखि जलविद्युत आयोजनाको डेमो प्रस्तुत गरेपछि अभिभावकहरू दङ्ग परेका थिए। 

स्कुलले अद्भुत प्रतिभा भएका विद्यार्थीहरूलाई अहिले देखि नै उनीहरूको रुचि अनुसारको विषयप्रति थप जागरूक गर्दै लैजाने प्रिन्सिपल अधिकारीले बताए।