रिपोर्टर राइनोजलाई एनएसजेएफ कप


काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि रिपोर्टर राइनोजले जितेको छ। नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हरिकेन्सलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

राइनोजको जितमा सबै गोल टिमका मार्की खेलाडी अभिनव जोशीले गरे। चार टिम प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर राइनो, हेडलाइन हुरिकेन र बाइलाइन ब्यान्डिजले समान दुई खेल जितेका थिए। बाइलाइनलाई गोलअन्तरमा पछि पार्दै हेडलाइनले फाइनल पक्का गरेको थियो।

रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५–२ ले हराएको थियो। अन्तिम लिग खेलमा बाइलाइनसँग हारे पनि रिपोर्टर पुगेको हो। फिचर फ्यान्टमसले तीनै खेलमा पराजय भोगेको थियो। उपाधि विजेता टिम अभिनव कुल ११ गोल गर्दै उत्कृष्ट खेलाडी बने। इमर्जिङ प्लेयरमा शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षकमा हेडलाइनका सुजल थापा चुनिए।