हेटौंडा ।
हेटौंडामा भएको वडास्तरीय ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–५ ले जितेको छ। हेटौंडा–९ स्थित लामसुरे खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडा कार्यालयको सहयोगमा भएको प्रतियोगिताको उपविजेता हेटौंडा–१७ बन्यो। फाइनलमा हेटौंडा ५ ले हेटौंडा १७ लाई ३–० गोलअन्तरले पराजित गरेको हो।
हेटौंडा–५ को जितमा उत्तरकुमार दुलालले २ र सुबिन घिमिरेले १ गोल गरेका थिए। प्लेयर अफ द म्याच दुलाल घोषित भए। उपाधिसँगै विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ६५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गरे।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–५ का सुबिन घिमिरेले १० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक राजेश तामाङ, उत्कृष्ट प्रशिक्षक सुदीश अर्याल र सर्वाधिक गोलकर्ता श्याम पौडेल घोषित हुँदै समान ५ हजार नगद प्राप्त गरे। प्रतियोगितामा तेस्रो स्थानमा रहेका हेटौंडा–९ र हेटौंडा–७ ले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।











प्रतिक्रिया