पोखरा ।
पोखरामा जारी पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र वागमती प्रदेश फाइनलमा पुगेका छन्।
मंगलवार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएका सेमिफाइनलमा बागमतीले लुम्बिनी प्रदेशलाई ७८– ३६ ले र गण्डकीले कर्णाली प्रदेशलाई ११६–१९ ले हराएका हुन्।
फाइनल आजै हुनेछ भने तेस्रो स्थानको लागि कर्णालीले लुम्बिनीको सामना गर्नेछ । प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार १११, उपविजेतालाई ६६ हजार ६६६ र तेस्रो हुनेलाई ३३ हजार ३३३ नगद पुरस्कार दिइने छ।











प्रतिक्रिया