ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल


वासिंगटन डिसी ।

सोमबार अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । त्यस लगत्तै राष्ट्रपति ट्रम्पले दक्षिणी सिमानामा संकटकाल घोषणा गर्ने दस्तावेजमा हस्ताक्षर गरेका छन्।

सपथपछिको ३० मिनेटको भाषणमा ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताएका थिए। यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा संकटकाल लगाउने बताएका थिए।

उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाइएको छ। सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ। अमेरिका–मेक्सिको सीमानाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा ठूलो मुद्दा बनेको थियो ।

ट्रम्पले अवैध आप्रवासी र अपराधीहरू यहीँबाट अमेरिका प्रवेश गर्ने दावी गर्दै आएका थिए। ट्रम्पले यो सिमानामा पर्खाल बनाउने कुरा पनि गरेका छन्।