बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

7.8k
Shares

काठमाडौं ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । रवि लामिछानेसहितलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

उनलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । कास्की अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।