इजरायलले भन्यो-  हमासले बन्दीहरुको सूची नदिएसम्म युद्धविराम सुरु हुन्न


तेल अभिव । 

आजवाट सुरू हुने भनिएको हमास–इजरायल बिचको युद्बबिराममा ढिलाइ भएको छ। हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्वजनिक नगरेको भन्दै इजरायलले युद्बबिरामको समय सिमा बढाएको छ । 

इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजामा स्थानिय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम सुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन् ।

 ‘प्रधानमन्त्रीले आइडीएफलाई निर्देशन दिनुभएको छ कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म सुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ ।

हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ  गरेको उसको आरोप रहेको छ । यद्यपि, गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ ।