एजेन्सी ।
मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ।
“अहिलेसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीसित टेलिफोनमा भने ।
सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जंकसनमा दुर्घटनाग्रस्त भएको बताए। “अधिकांश पीडित चिन्न नसकिने गरी जलेका थिए,” उनले भने, “हामी चिजहरू स्पष्ट गर्न घटनास्थलमा छौँ।”
गम्भीर आर्थिक संकटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ।











प्रतिक्रिया