राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् ।

त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए ।

उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौँ–ललितपुर–मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।