सैफ अली खानमाथि हमला गर्ने व्यक्ति पक्राउ


मुम्बई ।

मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खानमाथि शुक्रबार भएको हमालमा संलग्न एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएको छ। उनलाइ बान्द्रा प्रहरी चाैकीमा लगिएको छ। तर, प्रहरीले उनको पक्राउका बारेमा कुनै जानकारी दिएको छैन। प्रहरीका अनुसार आक्रमणपछि सन्दिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो ।

सन्दिग्ध व्यक्ति १५ जनवरी बिहान २:३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो। यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो। लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए। उनको शल्यक्रिया गरेर निकालिएको छ । यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन्।