नेपाली कांग्रेसका नेता कोइराला र बेलायतका कानुन उपमन्त्री डकिनबीच भेटघाट 


काठमाडौँ। 

 बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट गरेका छन् ।

भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भयो ।

भेटेपछि बेलायती संसद्को तर्फबाट नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरले बेलायतको संसदमा नेपालबारे आफ्नो धारणा राखेका छन् ।