सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु


काठमाडौं

छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएकाे छ ।

सिराहा, नरहा गाउँपालिका-३ चौहर्वास्थित सडकमा स.१ प ९४६३ नम्बरको मोटरसाइकल र प्र.१.०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स.१ प ९४६३ नम्बरको मोटरसाइकल चालक मिर्चैया नगरपालिका-१० बस्ने ४५ वर्षीय रघुबिर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.१.०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार १ जनाको लाईफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

बाँके, राप्तीसोनारी गाउँपालिका-७ सर्रास्थित सडकमा भे.१ ख ३७७४ नम्बरको बस र भे.६ प ८८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय दिल बहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, फेटा गाउँपालिका-३ फेटा बजारस्थित सडकमा प्र.२-०३-००१ त २७७६ नम्बरको ट्याक्टरले बीआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बारा, जीतपुर सिमरा उपमहानगरपालिका-२ स्थित सडकमा जीतपुरबाट सिमरातर्फ आउँदै गरेको ना.२८ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एभरग्रीन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ ।

यसैगरी बारा, महागढीमाई नगरपालिका-७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।  

नुवाकोट, बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित सडकमा प्र.३-०६-०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्र.३-०६-०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.९६ प १० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-१ कैलाशनगर बस्ने ३० वर्षीय भरत केसीको मंगलबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, बारबर्दिया नगरपालिका-५ बर्दियागाउँस्थित सडकमा भे.१२ प ५४४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ औरी बस्ने २२ वर्षीय बिनोद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

मोरङ, बुढीगंगा गाउँपालिका-२ सक्मास्थित सडकमा प्रदेश १-०२-०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका-४ बस्ने २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।  

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ कर्वोलास्थित सडकमा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।               

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।