काठमाडौं ।
काठमाडाैं, बाँके, बर्दिया, ललितपुर, सर्लाही र माेरङका विभिन्न स्थानमा भएका छुटाछुट्टै सवारी दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ ।
काठमाडौं महानगरपालिका-३२ आकाशे पुल नजिक पार्किङ्ग गरी राखेको बा.३ ख ४८६५ नम्बरको बसमा बा.५२ प ३३०५ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० बाबाघाट पुलस्थित सडकमा राँझाबाट थपुवातर्फ जाँदै गरेको भे।२ त ११९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२० बस्ने २२ वर्षीय महेश बर्माको मृत्यु भएको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित सडकमा नेपालगंजबाट जमुनाहतर्फ जाँदै गरेको भे.९ प २७९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री डुडुवा गाउँपालिका-६ कालाबन्जर घर भएका ५० वर्षीय नन्कु भन्ने शिवशंकर चौहानको मृत्यु भएको छ ।
सोमबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-२ बलाती चोकस्थित सडकमा भे.११ प ८२९२ नम्बरको मोटरसाइकल र भे.११ प ४७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा भे।११ प ८२९२ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-२ बस्ने ५२ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.११ प ८२९२ नम्बरको मोटरसाइकलमा सवार १ जना र भे।११ प ४७३८ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका(२९ हरिसिद्धीस्थित सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका ५२ वर्षीय भिमराज थिङको सोमबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही, बागमती नगरपालिका-५ रेङ्बा टोल पुछरस्थित सडकमा पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गरेको बा।प्र ०२-०२८ प ७५९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बागमती नगरपालिका-१० सोल्टी बस्ने २५ वर्षीय यज्ञ गौतमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल बरहथवा हुँदै प्रादेशिक अस्पताल मलगंवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि स्वाभिमान अस्पताल हरिवन पठाइएको छ ।
मोरङ, मिक्लाजुङ गाउँपालिका-३ अधिकारी चोकस्थित सडकमा रमितेबाट धोबेनी बजारतर्फ जाँदै गरेको प्र।१-०४-००१ प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बस्ने ३४ वर्षीय प्रदिप राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१४ स्थित सडकमा रानीबाट बिराटनगरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४४८३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया हक्री खातुनको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया