शिवम् सिमेन्ट लिमिटेडको नवौँ वार्षिक साधारण सम्पन्न


काठमाडौं ।


शिवम सिमेन्ट लिमिटेडको नवौं वार्षिक साधारण सम्पन्न भएको छ ।

चुक्ता पूँजी रु. ५ अर्व २ करोड ७० लाखको ८ . ५५ प्रतिशतका दरले हुने रु.४२,९८,०८,५००।– (बयालिस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ ) बराबरका रु. १०० दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ० . ४५ प्रतिशतका दरले हुने रु. २,२६,२१,५००। (दुई करोड छब्बिस लाख एक्काईस हजार पाँच सय रुपैयाँ) नगद लाभाँससहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाभान्स वितरण गर्ने प्रस्ताव पारित गरी नवौं वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे ।

शिवम् सिमेन्ट लि. का संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा नवौं वार्षिक साधारण सभा आयोजना गरिएकाे थियाे । उक्त कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितकाे विवरणहरु पारित गरेकाे हाे ।

आगामी आ. व. २०८१-०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र वोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूँजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूँजी. ५ अर्व ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र विशेष प्रस्तावहरु पारित गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।