काठमाडौं ।
सरकारले दुइजनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
‘प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रवीन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने’ निर्णय भएको उनले जानकारी दिए ।
प्रतिक्रिया