म छोरी…


म त्यस्तो त छैन जस्तो तिमीले देखिरहेछौँ

शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा ।

झन् झन् असभ्य र हिंस्रक बन्दै छौँ 

समय प्रगतिशील र विकसित हुँदै छ।।

तर व्यवहार किन अमानवीय बन्दै छ

अझै कति सहनु पर्छ ?

के-के सहनु पर्छ ?

संसार हेर्न नपाउँदै भूर्ण मै हत्या हुन्छ।।

बलात्कार हुँदा पनि चुपचाप रहनु पर्छ 

दाइजोको कारण जिउँदै जल्नु पर्छ।

प्रेम प्रस्ताव स्वीकार नगर्दा 

एसिड आक्रमण सहनु पर्छ।।

महिला भएकै कारण

चर्को स्वरले बोल्न मिल्दैन रे ।

खुलेर हाँस्न मिल्दैन रे

तिम्रो सोच र व्यवहारले।।

 मलाई जिउन 

कति असहज भएको छ

तिमी कल्पना समेत गर्न सक्दैनौ 

बाटोमा एक्लै हिडी रहँदा सुरक्षा दिन सक्दैनौ।।

सक्छौ त केवल, 

नारीलाई बजारमा राखिएका

 सामान जसरी मोलतोल गर्न सक्छौँ।।

सक्छौ त केवल,

कुटपिट र मानसिक यातना दिन सक्छौँ।।

म आफै जोगिन खोज्छु

सुरक्षित हुन खोज्छु ।

तर के-के बाट जोगिने 

को- को बाट जोगिने ।

विश्वासिलाहरु नै यहाँ

पासो थापी हिँड्छन्।।