पानी उद्योग महासंघको प्रारम्भिक सभा हेटौंडामा


हेटौंडा।

नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारणसभा माघ १७ गते हेटौंडामा हुने भएको छ ।


देशभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुस २६ र २७ गते काठमाडौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारणसभा राख्ने निर्णय गरेको हो ।


भेलाले साधारणसभा तयारी गर्न विक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति गठन गरेको छ । उक्त समितिको पूर्णबैठकले प्रारम्भिक साधारणसभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशभरका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधि सहभागी रहने संयोजक चेमजोङले बताउनुभयो ।

समिति सदस्यहरुमा गोकर्ण सिलवाल, गंगाप्रसाद अगंजा, गोकुल थापा, रवीन्द्रमोहन अधिकारी, लीला भण्डारी, मीना दाहाल, भीमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोशा श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलाश भट्ट, दीपक श्रेष्ठ, ध्रुव अधिकारी, विक्रम मण्डल, रुपचन्द्र नौलाखा, ध्रुवबहादुर गौतम, अमराज लामा हुनुहुन्छ । समितिको बैठकले भरत लकाइ र देवनारायण चौलागाईं रहेको दुई सदस्यीय कानुनी सल्लाहकार समितिसमेत गठन गरेको छ ।