प्रहरीसम्बन्धी विधेयक संसदमा पेस गर्न स्वीकृति


काठमाडौँ। 

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक हिजाे बसेको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ । 

गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो । 

मन्त्रिपरिषद्माको विधेयक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मामा पेस गरिएको गृहमन्त्री लेखकले जानकारी दिए । उनले विधेयक पारितका लागि आगामी संघीय संसद्मा पेस गरिने बताए ।