धरान (सुनसरी) ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार परिस्थिति र आवश्यकताअनुसार गठन भएको बताउनुभएको छ । आजदेखि सुरु भएको धरान एक्स्पोको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको बताउनुभयो ।
राजनीतिक स्थायित्व बिना आर्थिक सम्पन्नता सम्भव नहुने बताउँदै राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ सुनसरीको आयोजनामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आजदेखि सुरु भएको धरान एक्स्पो आगामी मााघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
धरान उपमहानगरपालिका–१६ रङ्गशालामा सुरु भएको एक्स्पोमा स्थानीय तहमा उत्पादित सामग्री प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिनुभयो ।
स्थानीय सरकार, कोशी प्रदेश सरकार, सङ्घीय सरकार र नेपाल उद्योग वाणिज्य सङ्घको सहयोगमा आयोजना भएकोे एक्स्पोमा एक सय ४२ वटा प्रदर्शनी कक्ष छन् ।
एक्स्पोको उद्घाटन कार्यक्रममा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघालगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया