बझाङ ।
देवताहरूको देवता मष्टो देवताको माँणु पुनर्निर्माण लागि बझाङमा महाअभियान सुरु गरिएको छ । बिहीबार बझाङको सदरमुकाम चैनपुरको होटल होलिडेईनको सभा हलमा पत्रकार सम्मेलन गरी ढँडारमष्टा माँणुको पुन निर्माण गर्ने अभियान सुरु गरिएको हो ।
पत्रकार सम्मेलनमा बझाङ जिल्लाका ऐतिहासिक,पत्रकार,कुल देवता मष्टाका आली पाली र सरोकारवाला निकायहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो ।
मष्टा गाउँपालिकाको अगुवाइ र ढँडार मष्टो पुन निर्माण मूल समितिको आयोजनामा बृहत् छलफल र सुझाव सङ्कलन गरिएको छ । चन्दा भेटी दस हजार देखि ५ लाखसम्म दिने दाताहरूले घोषणा गरिरहेका छन् । मष्टो देवताको ऐतिहासिकता र महत्त्व यस भित्र रहेको छ ।
इतिहास बुझ्न पूरा पढ्नु होला१११
संसारभर छरिएर रहेका मष्टो पूजकहरूका कुल देवता मष्टाको मुख्य पान, नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बन्काड जिल्लाको मष्टा गाउँपालिकामा छ । यहीबाट मप्टोको उत्पत्ति भएको विश्वासमा असारमा यो क्षेत्रलाई मष्टा देवताको राजधानी समेत मानिन्छ।
मष्टो पुजकहरूले आफू बसेको ठाउँमा चाम थापेर मष्टो सस्कृतिको श्रद्धा पूर्वक पालना गरिरहनु भएको छ । यद्यपि मष्टाको उत्पत्ति थलोमा रहेको धान भने जीर्ण अवस्थामा रहेको सन्दर्भमा मूल माणूको पुरातात्त्विक महत्वको संरक्षण गर्दै पूर्ववत् अवस्थाको नाप नक्सा अनुसार नै पुनर्निर्माण गर्ने र मष्टो संस्कृतिलाई अझ जीवन्त बनाउने उद्देश्यले मष्टा गाउँपालिकाले पुनर्निर्माण महाअभियान सञ्चालन गरेको छ।
यसको आर्थिक स्रोत संकलन र व्यवस्थापनको लागि पालिकाले कार्यविधि तयार गरी पुनर्निर्माणको मूल समिति गठन भई सजेको छ।
२० मष्टो सभ्यता
नेपालका विभिन्न सभ्यताहरू मध्ये मष्टोको संस्कृति र सभ्यता अत्यन्त पुरानो मानिन्छ। यस सभ्यता अन्तर्गत हुने देवी देवताको पूजा विधि प्रकृतिसँग जोडिएको छ । मष्टा देवतालाई विभिन्न स्थानमा विभिन्न नामबाट पुकारेर पूजा हुने गरेको छ ।
यस क्षेत्रमा पूजा गरिने सबै देवी देवताहरू मष्टा देवतासँग जोडिएका छन् । मष्टा देवतालाई पृथ्वीका राजा र भूमिति भनेर मान्ने गरिन्छ। उनी देवराज इन्द्रको पुत्र भएको मान्यता समेत रही आएको छ। नेपाल बाहेक भारतीय भूभाग उत्तराखण्ड, हिमाञ्यन, उत्तर प्रदेश, आसाम, सिक्किम राज्यहरूका साथै दार्जिलिङमा समेत मष्टो देवताको पूजा हुने गरेको छ।
नेपाली भू(भागमा मष्टो भनेर चिनिने गरेकोमा कुमाउँतर्फ मोष्टा र नेपालको पूर्वी भेग तर्फ केहीले मष्ट समेत भन्ने गरेको पाइन्छ। यसबाहेक केही क्षेत्रमा यी देवताको अन्य स्थानीय नाम दिएर समेत पूजा गर्ने गरेका छन् । मष्टालाई केही जातिले कुन अथवा कुलायन भनेर नियमित रुपमा पूजा गर्ने गर्दछन्। यसका अलावा युरोप, अमेरिका महादेशमा बसिरहेका मष्टोपुजकहरूले पनि त्यहाँ विभिन्न तरिकाले मष्टी पुजन गर्ने गरेका छन् ।
३० मूल थलो, ढँडार
संसार भरि पूजा गरिने मष्टा देवताको मूल थलो बझाइको ढँडार हो भन्ने कुरा विभिन्न अध्ययन, ऐतिहासिक दस्तावेज र स्रोताहरूले पुष्टि गरी सकेका छन्।
प्राचीन जुम्ला राज्यबाट देश विदेशका विभिन्न स्थानमा बसाई सरि गएका मानिसहरूका कुल देवता मष्टो हुन्। यसरी अन्यत्र जाने क्रममा यही स्थानका मष्टा देवताबाट कुनै न कुनै चिन्ह लिएर बक्साई आफ्नो पायक पर्ने स्वानमा बापना गर्ने क्रम हालसम्म पनि चली रहेकै छ। त्यसैले अन्यत्र धान भएका मष्टा देवताले मानिसमा औतार हुने क्रममा आफ्नो मूल डँडार हो भन्ने गरेका छन्। अन्यत्र वान रहेका मष्टा देवता धामीमा औतार भएमा ईडारबाट टिको फुर्की लिए पछि मात्र असली धामी हुने गर्दछन् ।४ ढँडार मष्टा माणुको हालको अवस्था
स्थानीय मान्यता अनुसार मष्टा देवताको मूल माणु (धान) प्राचीनकालमा गोठालाहरू बस्ने खर्कको रुपमा रहेको भनाइ छ । पछि मष्टा देवताको आज्ञा अनुसार उक्त खर्कलाई माणुको (हालको अवस्थामा ल्याइएको थियो। ऐतिहासिक स्रोतहरूले हालको माणु विक्रम संवतको एघारौ शताब्दी भन्दा अगाडि नै निर्माण भएको देखाउँछन् । पहिले यो माणु सालिम स्थानीयले घर छाउने खर)से साडाएको र प्रत्येक वर्ष बाली पानीले छाउने गरेका थिए।
नेपालमा राजसंस्था कायम हुँदा सम्म इँडार मष्टाको पर्व इन्द्र जात्राको दिन राजदरबारबाट वर्षेनी बोका, तया भेटी पठाउने चलन समेत थियो। यस माणुमा २०५७ साल फागुनमा रहस्यमय तरिकाले जागलागी भएको थियो। यसको बशुभ संकेतको रुपमा २०३८ साल जेठमा नेपालको राजपरिवारमा वंश विनाश भएको विश्वास गरिन्छ। यहाँ भएको अशुभ घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने विश्वास अहिले पनि कायम छ।
आगलागीको घटना पछि केही आस्थावान् व्यक्तिहरूले टिन उपलब्ध गराएपछि खरको सट्टा टिनले छाउने काम भएको थियो। मो मर्मत कार्य भएको पनि धेरै समय भई सकेका कारण हाल माणु जीर्ण अवस्थामा रहेको छ। ठाउँ ठाउँमा पर्यानका दूंगा झरेका छन्। छानामा दिनहरू कुच्विएर काम नलाग्ने भई सकेकार वरिपरिका काठहरू मक्कि सकेका छन् । अत्यन्त जीर्ण अवस्थामा रहेको यो इंडार माणु जिर्णोद्वारको पर्खाइमा रहेको छ।
५० पुर्ननिर्माण महाअभियानको उद्देश्य
हाल मष्टा गाउँपालिकाले ढंडार मष्टामाणुको पुनर्निर्माण गरी मष्टो सभ्यताको संग्राहलयको रुपमा विकास गर्ने लक्ष्य निएको छ। यो काम सरकारी तथा निजी साझेदारी अवधारणा अन्तर्गत गर्ने गरी पालिकाले यो महाअभियान सुरु गरेको हो। यस कार्यमा तीनै तहका सरकारका साथै मष्टा देवता र यी देवतासँग सम्बन्धित अन्य देवताका आली पाली, वास्याचान व्यक्ति र गैर सरकारी संघ सस्थाका साथै सभ्यता संरक्षणमा योगदान गर्न चाहाने व्यक्ति वा सस्थाहरूबाट सहयोग जुटाउने अपेक्षा गरिएको छ। मष्टा गाउँपालिकाले ढँडार मष्टा माणु पुनर्निर्माण कार्यविधि तयार गरी सोही बनुसार माणुको पुनर्निर्माण गरिने छ। कार्यविधीका उद्देश्य परिपूर्तिका लागि निम्न अनुसारका बुँदालाई मुख्य आधार मानिने छ। यस मष्टा माणुको निर्माण नेपाल सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय पुरातत्व विभागबाट तयार गरिएको नाष नक्सा डिजाइन, र अनुमानित लागत अनुसार गरिनेछ।
(ख)उक्त नाप नक्सामा कुनै फेरबदल वा परिवर्तन गरिने छैन ।
ग) माँणु पुनर्निर्माणको लागि यस अन्तर्गतका करिया, बाली पानी आस्थावान् व्यक्ति, समुदाय, तथा सरकारी तता गैर सरकारी संस्थाबाट सहयोग लिइने छ।
घ) मष्टा माँणुको क्षेत्रलाई संरक्षण र सम्बर्द्धन गर्दै यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिनेछ। ङ० उक्त माणु भित्र रहेका तीनै वटा माणुको संरचनालाई पुनर्निर्माण गरिने छ।
७ )ढँडार मष्टामाणु र संरचनाहरूको लागत अनुमान
ढँडार मष्टामाणु र आसपासका संरचनाहरुको निर्माण कार्य सम्पन्न गर्नका लागि अनुमानित लागत रु ९ करोड ६८ लाख २३ हजार ४ सय ९३ लाग्नेछ ।
८) ढँडार मष्टामाणु लगायत अन्य संरचनाहरूको निर्माणका लागि सम्भावित आर्थिक स्रोत:
मष्टा माणु पुनर्निर्माण लागि मूल समितिले आर्थिक सहयोगको लागि सार्वजनिक आव्हान गरी पुन निर्माण कोप सङ्कलन र व्यवस्थापन गर्ने छ। उक्त कोषमा देहायका रकमहरू रहनेछन् ।
क) गाउँपालिकाबाट प्राप्त रकम
ख) विभिन्न विकास साझेदारबाट प्राप्त रकम
ग) विभिन्न विकास साझेदारबाट प्राप्त रकम र
घ) विभिन्न संघ संस्था र व्यक्तिहरूबाट प्राप्त हुने आर्थिक चढावाको रकम ।
ङ) कुनै पनि करिया अथवा पालीको व्यक्तिले आफ्नो कमजोर आर्थिक अवस्था देखाई आर्थिक स्रोतका अभाव देखाएमा वा देवताको सेवा गर्न चाहेमा सो समेतलाई दिन गन्तिको हिसाब गरी रकममा गणना गरिने छ।
च) कुनै व्यक्तिले माणु निर्माणका क्रममा आवश्यक पर्ने निर्माण सामाग्री उपलब्ध गराएमा सो समेतलाई
परिवर्तित मूल्य कायम गरी आर्थिक स्रोतको रुपमा गणना गरिने छ।
छ) यस महाअभियानको आर्थिक स्रोत बाहेक अतिरिक्त सेवा गर्न चाहेमा सो समेत स्वीकार गरिने छ ९० चन्दादाताको अभिलेख :
माँणु पुन निर्माणमा सहयोग गर्ने चन्दादाताहरूको तिनपुरते र प्राप्त आर्थिक सहयोगको विवरण मूल समितिले अभिलेख गर्नेछ। अभिलेखलाई माणु पुन निर्माण स्मारिका समेत प्रकारात गरी दस्तावेजीकरण गरिने छ ।
सार्वजनिक गरिने विधि
प्राप्त सहयोग रकमको सीमा
(क) ताम्र पत्रमा तिन पुस्तै विवरण सहित सम्मान पत्र
रु १००००० देखि माथि ९ख० शिलालेखमा नाम सहित सम्मान पत्र रु २५००० देखि १००००० सम्म
(ग)स्मारिकामा नाम सहित सम्मान पत्र रु। २५०० देखि २५००० सम्म ९घ० स्मारिकामा नाम प्रकाशन रु २४९९ भन्दा कम छः ढँडार मष्टा माँणु पुन निर्माण अभियानमा कार्यमा सहयोग गर्नेहरुले निम्न ठेगानामा सहयोग गर्न अनुरोध छ। राष्ट्रिय वाणिज्य बैंक चालु खाता ४११०१००१०४१३६००१
ढँडार मष्टा माणु पुनर्निर्माण मूल समितिबाट जारी सन्देश,आदरणिय दाजु भाइ तथा दिदी बहिनीहरू
यस बझाङ जिल्ला, मष्टा गाउँपालिका वडा न.३ ढँडारमा रहेको मष्टा देवताको माणु अति पवित्र धार्मिक स्थल हो । अत्यन्त ठुलो आली पाली रहेको यो स्थान संसार भरिका मानिसहरूको आस्थाको केन्द्र र मष्टा देवताको राजधानी समेत हो। यस स्थानमा रहेको मष्टा देवताको प्रमुख थान, मष्टा माणु हाल अत्यन्त जीर्ण अवस्थामा रहेको छ। अत्यन्त जीर्ण अवस्थामा रहेको यस स्थानमा उक्त माणुलाई पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रही आएकोले ।
उक्त पुनर्निर्माण कार्यको लागि सबैले हामीलाई विश्वास गरी यो महत्त्वपूर्ण अभिभारा हाम्रो यस समितिलाई दिएकोमा हामी आभार व्यक्त गर्न चाहन्छौ। समितिका हामी सम्पूर्ण पदाधिकारीहरू यो विश्वास दिलाउन चाहन्छौ कि उक्त कार्य सम्पन्न गर्ने यो अभिभारालाई आफ्नो क्षमताले भ्याएसम्मको हर सम्भव प्रयास गर्ने छौँ।
त्यसको लागि सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीका साथै मष्टोका आली पाली र करियाहरूको समेत सहयोग, सल्लाह, सुझावका साथै आर्थिक सहयोगको समेत अपेक्षा गर्दछौ।
प्रतिक्रिया