काठमाडौं।
पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश भट्टले ज्योतिषीहरूले धर्म–संस्कृति जोगाउन उल्लेखनीय भूमिका खेलेका बताउनुभएको छ । नेपाल ज्योतिष परिषद्ले बुधबार डिल्लीबजारको पेन्सन वासना होटलमा गरेको २७औं वार्षिकोत्सव समारोहमा उहाँले सो बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टले ज्योतिषीहरूले धर्म–संस्कृति जोगाउन उल्लेखनीय भूमिका खेलेका बताउनुभएको थियो । ‘ज्योतिषीले पञ्चाङ्ग गणना गरेर नागरिकको जीवनयापनमा सहजीकरण गरेका छन्’, उहाँले भन्नुभयो– ‘हामीले गर्ने हरेक तिथि, व्रत, चाडपर्व, मुहूर्तका कार्यमा ज्योतिषीले ठूलो योगदान पु¥याएका छन् ।’
त्यस्तै, पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले ज्योतिष तथा पण्डितहरू आफ्नो आचारसंहितामा रहनुपर्ने बताउनुभएको थियो । यसपालिको पञ्चाङ्ग पात्रो आउन केही ढिलो भएको भन्दै उहाँले परिषद् लगायत ज्योतिषी क्षेत्रमा काम गर्ने अन्य संघ–संस्थाले दिएको सुझाव मनन गरेर विकास समितिले काम गरेको बताउनुभएको थियो ।
यसै गरी, वाल्मीकि विद्यापीठका प्राचार्य भागवत् ढकालले परिषद्सँग वाल्मीकिले सहकार्य गरेर ज्योतिषका क्षेत्रमा काम गर्ने बताउनुभएको थियो । ‘तन्त्र, धर्मशास्त्र, वेदान्त, कर्मकाण्ड लगायतका विषयमा विद्यापीठले छुट्टै कक्षा तथा गोष्ठीसमेत गर्दै आएको छ ।’ –उहाँले भन्नुभयो ।
ज्योतिषीको समस्यालाई सम्बोधन गर्दै आफू ज्योतिषलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन लागिपरेको ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालले बताउनुभएको छ ।
अर्याल सम्मानीत
नेपाल ज्योतिष परिषद्ले नेपाल समाचारपत्रका जिल्ला शाखा प्रमुख सूर्यप्रसाद अर्याललाई सम्मान गरेको छ । परिषद्ले बुधबार डिल्लीबजारको पेन्सन वासना होटलमा गरेको २७औं वार्षिकोत्सव समारोहमा उहाँलाई सम्मान गरेको हो ।
प्रमुख अतिथि तथा पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश भट्टले दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो । ‘पत्रकारिता क्षेत्रमा रहेर सूचना प्रवाहको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै परिषद्को २७औं वार्षिकोत्सवमा स–सम्मान कदरपत्र प्रदान गरिएको छ ।’ –कदरपत्रमा भनिएको छ ।
त्यस्तै, प्रेस युनियनको केन्द्रीय उपमहासचिव तथा नेपाल नेटवर्कका युवराज गौतमलाई पनि कदरपत्रले सम्मान गरिएको थियो । साथै, पञ्चाङ्गकारतर्फ शुभ पञ्चाङ्गका दामोदर जोशीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया