काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य बुधबार बढेको छ ।
अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ ।
यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।
प्रतिक्रिया