उदयपुर ।
उदयपुर जिल्ला स्तरीय पहिलो खुल्ला महिला डबल्स व्याडमिन्टन प्रतियोगितामा नितिशा रौका मगर र शिला राईको जोडी प्रथम भएको छ ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८ औं बार्षिक उत्सवको अवसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा मगर र राईको जोडीले उपाधी जितेको हो ।
गाईघाटको बोक्सेस्थित कवर्डहलमा जारी प्रतियोगितामा सुस्मिता खत्री र समृद्धि राईको जोडीले द्धितिय स्थान हासिल गर्न सफल भयो । त्यसैगरी नानु राई र पूर्णिमा सेन्चुरी, र राम कुमारी राई र यशोदा राईको जोडीले तृतिय स्थान हासिल गरेको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजाता सुवेदीले जानकारी दिनु भयो ।
कार्यक्रम संयोजक सुवेदीका अनुसार प्रथम हुने जोडिलाई नगद १० हजार, द्धितिय हुनेलाई नगद आठ हजार र तृतीय हुनेलाई नगद पाँच हजारको दरले पुरस्कृत गरिएको छ । विजयीहरुलाई सोमबार साँझ रत्ना रिसोर्टमा आयोजित बार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा विजयी युवा महिला खेलाडीलाई कोशी प्रदेश उप सभामुख सृजना दनुवारले नगद, मेडल र शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
जिल्ला व्याडमिन्टन संघको समन्वय तथा प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा १६ टिमका ३२ खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया