जिल्ला अस्पताल बाजुराका डाकटर यादव सम्मानित

2.82k
Shares

बाजुरा ।


जिल्ला अस्पताल बाजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्द्र शेखर यादव “राष्ट्रिय सेवा सम्मान पुरस्कार”बाट सम्मानित हुनुभएको हो ।

शुखिपुर नगरपालिका वडा न. एक महोनपुर सिराहा घर भई हाल जिल्ला अस्पताल बाजुरामा कार्यालय प्रमुखकारुपमा कार्यरत डाक्टर यादवले लामो समयदेखि स्वास्थ्य सेवामा अनवरत सेवा गरेको र स्वस्थ राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याएको भन्दै चन्द्रलोक प्रतिष्ठान काठमाण्डौंले आफ्नो पाँचौं वार्षिक उत्सबको अवसरमा डाक्टर यादवलाई गत सनिवार सम्मानित गरेको हो ।


अत्यन्तै निष्ठा र सर्मपणका साथ स्वास्थ्य सेवाका क्षेत्रमा सक्रियतापूर्वक लागेर नेपाली नागरिक समाजमा आफुलाई निष्ठापूर्वक सर्मपित गराउँदै आउनुभएका डाक्टर यादवलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाण्डौमा आयोजित एक कार्यक्रममा सम्मान पत्र प्रदान गर्नु भएको हो ।

यहाँले विगत लामोसमय देखि अनवरतरुपमा स्वास्थ्य सेवामा सर्मपित भई त्यस क्षेत्रको विकास र स्वस्थ राष्ट्र निर्माणमा पुु¥उनुभएको योगदान सबैका लागि अविस्मरणीय र अतुलनीय रहेकोछ सम्मान–प्रत्रमा उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्रको विकास र समाजिक रुपान्तरणमा नागरिकको सेवामा खेल्नुुभएको सक्रिय भुमिका सबैका लागि पे्ररणदायी र प्रशंसनीय रहदैआएको छ उक्त सम्मानपत्रमा उल्लेख गरिएको छ ।


कार्यालय प्रमुख डाकटर यादवले पछिल्लो समयमा जिल्ला अस्पताल बाजुरामा स्त्रीरोग विशेषज्ञे सेवा, डाक्टर रोषन भट्राईको विशेष सक्रियतामा हाडजोर्नी विशेषज्ञे सेवा सिएस प्रसुती सेवा , महिलाको आंङ्ग खस्न ,सेतो पानी बग्ने, तल्लोपेट दुख्ने लगायतका बिशेषज्ञ सेवामा विशेष जोड दिदै अएको छ ।

जिल्लामा उपलब्ध स्वास्थ्य सेवाले बाजुरा लगायत छिमेकी जिल्लाका विरामीलार्ई निक्कै राहत भएको छ । कार्यालय प्रमुख यादव थप सुलभ स्वास्थ्य सेवा उपचार गराउन लागिपर्नु भएको अस्पताल श्रोतले जानकारी दिएको छ। पचास स्ययाको अस्पाताल भवन भएर पनि दश स यामा मात्र सञ्चालनमा हुँदा बाजुराका विरामीलाई रेफर गर्नु परेकोले पचास स्यया अस्पाताल स्वीकृत देखि आवस्यका दक्षजनशक्ती र उपकरण ब्यबस्थापनका लागि सरोकारवाला विभाग र तालुकी मन्त्रालयमा ताखेता गरेको छुु । सबैको सहयोग भएमा जिल्ला अस्पताल बाजुरालाई नमुना अस्पताल बनाएर जान्छु कार्यालय प्रमुख यादवले भन्नुुभयो ।