काठमाडौं ।
चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको हो।
भूकम्पको केन्द्रबिन्दु बनेको क्षेत्रमा घरहरू ढलेका छन् । मानिसहरू भग्नावशेषभित्र च्यापिएको आशंकामा खोज तथा उद्धार कार्य तीव्र पारिएको त्यहाँको विपत् व्यवस्थापन मन्त्रालयले जनाएको छ।
नेपालमा पनि उक्त भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ।
प्रतिक्रिया