सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति? (सूचीसहित )


काठमाडौँ।

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढेको जानकारी गराएको हो।

विभागले अन्तप्र्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनको भाडा बढाएको हो।

जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

सरोकारवाला पक्षसँगको परामर्शमा पनि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायत सूचकहरूमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाउनुपर्ने देखिएको विभागको भनाइ छ ।

यसअघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।