एमाले केन्द्रीय समिति बैठक: ६४ जनाले राखे धारणा


काठमाडौँ ।

 नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

आइतवारदेखि  सुरु भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् ।

 हाल खाजाका लागि स्थगित भएको बैठकमा अब स्थायी र पोलिटब्युरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको छ ।

 अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि  टिप्पणी गर्नका लागि एमालेले ३ ३ मिनेटको समय छुटाएको छ ।