प्रेरणाको स्रोत धीरूभाई अम्बानी

1.69k
Shares

धीरूभाई अम्बानीको नामले परिचित धीरजलाल हीराचंद अम्बानी भारतका प्रसिद्ध व्यावसायी हुन् ।

पेट्रोल पम्पमा नोकरी गर्नेदेखि लिएर रिलायन्स इन्डस्ट्रिज जस्तो ठूलो कम्पनी स्थापना गरेका धीरुभाईको संघर्ष धेरैका लागि प्रेरणादायी छ । गुजरातको एक सानो गाउँ चोरवाडमा २८ दिसेम्बर १९३२ मा जन्मेका धीरूभाई पाँच भाइ–बहिनीमा तेस्रो नम्बरका सन्तान थिए । उनको परिवारको आर्थिक स्थिति ठिक थिएन ।

यही कारण उनले मेट्रिक (१० कक्षा) पछि पढाई छाडे । यसपछि उनले पेट्रोल पम्पमा नोकरी गरे । केही दिनसम्म नोकरी गरेपछि उनले मुम्बईमा एक कोठा भाडामा लिएर रिलायन्स कमर्सियल कर्पोरेसन कम्पनीको शुरूआत गरे । उक्त कम्पनीबाट मसाला र कपडालगायत धेरै वस्तु निर्यात हुन्थे । पछि धीरूभाईले रिलायन्स इंडस्ट्रिज स्थापना गरे, जुन आज भारतको शीर्ष कम्पनीमध्ये एक बनेको छ ।

साधारण परिवारमा जन्मेका धीरुभाईको जीवनीले सफलताको लागि राम्रो ब्याकग्राउन्डको आवश्यक छैन भन्ने साबित गरको छ । सन् २००२ जुलाई ६ मा ७० वर्षको उमेरमा संसारबाट बिदा भएका धीरुभाईकोे जीवनबाट धेरै कुरा सिक्न सकिन्छ । उनको जीवनीबाट जोखिम लिन डराउनु नहुने पाठ सिक्न सकिन्छ । यदि उनले नोकरी नछाडेर व्यवसाय गर्ने जोखिम नउठाएको भए आज उनी गुमनाम हुने थिए ।

धीरुभाईका बारेमा केही जानकारीहरू
—धीरुभाईले १६ वर्षमै स्कुल छाडेर सीमित शिक्षा र कमजोर आर्थिक स्थितिका बावजुद कडा मेहनतका साथ रिलायन्स इन्डस्ट्रिज स्थापना गरे ।
—धीरूभाईले बिजनेसको रूपमा पहिलो पटक चाट पकौडा बेचेका थिए । यसपछि यमनमा गएर ग्याँस स्टेसनमा काम गरे । जहाँ उनको पहिलो तलब ३ सय रुपियाँ थियो ।
—उनले केवल ५ सय रुपियाँमा व्यापार व्यवसाय शुरू गरेका थिए । अर्बको सपना देख्ने धीरुभाईले ५ सय रुपियाँबाट शुरू गरेको आफ्नो व्यवसायलाई अर्बमा पुर्याए ।
—पैसा नभएको अवस्थामा नोकरी गरेका उनी नोकरीको समयमै चिया पिउन पाँच तारे होटलमा जान्थे । पाँच तारे होटलमा ठूल्ठूला व्यवसायीहरू आउने हुँदा उनीहरूकै कुरा सुन्न आफू त्यहाँ जाने गरेको उनले बताएका थिए ।