सुर्य थापाको नेतृत्वमा बहस नोट कमिटी गठन


काठमाडौं ।

नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी छ ।

आजबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा हरेक केन्द्रिय सदस्यलाई बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समयसिमा निर्धारण गरिएको छ ।

साथै, बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी गठन गरेको जानकारी दिइएको छ ।