सर्वेन्द्रले एमाले छाडेपछि गोकुलको कटाक्ष- खाएको थालमा चुठ्नु राम्रो होइन, गएपछि सराप्ने संस्कार वाहियात हो


काठमाडौँ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणापछि एमाले नेता तथा सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन्। आइतबार बिहान खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो कटाक्ष गरेका हुन्।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए। हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’