रसुवा ।
तत्कालीन जिल्ला पन्चायतको मातहतमा रहने गरी २०३२ सालमा निर्माण भएको सभा हल २०७२ सालको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति भएकोले सभा हलको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना धादिङको बजेटबाट जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरेको विशेष पहलमा जेबी कन्स्ट्रक्सन प्रालि रसुवाले ठेक्का पाएकोले ९ वर्षपछि करिव १ करोड ९० लाख मा दुई सय देखि तीन सय सम्मको क्षमता भएको उक्त सभा हल नमुना योग्य बन्ने विश्वास रहेको जिसस प्रमुख अशोक कुमार घिमिरे ले बताएका छन् ।
तत्कालीन जिल्ला विकास समितिको मातहतमा रहेको सभा हल धुन्चे वासीहरुले घेवा र विवाह गर्ने स्थल थियो र जिल्ला को कुनै पनि कार्यक्रम सभा सम्मेलन गर्ने स्थल समेत रहेको ठेकेदार छेसिङगी तामाङ लामाले जानकारी दिए ।
सभा हलमा मेला महोत्सव हुन्थ्यो । यसले पनि जिल्ला लाई चिनाएको थियो । आगामी दिनहरुमा पहिलो भन्दा राम्रो बन्नेमा जिल्ला वासीहरुले विश्वास लिएका छन् ।
२०८० सालको आधाआधीबाट निर्माण कार्य सुरु गरी ८१ सालको असार मसान्तसम्म मा निर्माण सकिने भनिएता पनि प्राविधिक बाटो नपुग्ने भएकाले अब छिट्टै बन्ने ठेकेदार छेसिङगी तामाङ लामाको भनाई रहेको छ ।
प्रतिक्रिया