काठमाडौं ।
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार नियमित काम सकेर कोठा फर्किएका पुडासैनी अचानक ढलेपछि अस्पताल पुर्याइएका थिए । हेल्पिङ ह्यान्ड्स अस्पतालले उनलाई शुक्रबार साँझ मृत घोषित गरेको हो ।
पुडासैनीका निकटका साथी नवराज कुँवरका अनुसार उनी केही दिनदेखि बिरामी थिए । तर, स्वास्थ्य समस्याका बाबजुद उनले कामलाई निरन्तरता दिएका थिए ।
पुडासैनी शुक्रबार साँझ कार्यालयको काम सकेर एक सहकर्मीकोमा खाना खाएका थिए । राति करिब १० बजे कोठा पुग्नासाथ बेहोश भई ढले । छिमेकीको सूचनापछि उनलाई तुरुन्तै अस्पताल पुर्याइयो, तर चिकित्सकले मृत घोषित गरे ।
श्यामसुन्दर पुडासैनी हाल नेपाल भ्युजमा उपसम्पादकको भूमिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन, र रेडियो अन्नपूर्ण जस्ता प्रतिष्ठित मिडियामा काम गरिसकेका थिए ।
प्रतिक्रिया