काठमाडौं ।
प्रतिनिधिसभा अनर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीयलाई हटाएका छन्।
स्वकीय अनिलकुमार पोखरेलमाथि ठगीको आरोप लागेपछि उनले शुक्रबार एक सूचना जारी गर्दै पदबाट हटाएका हुन्।
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिलकुमारमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ।
राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो।
प्रतिक्रिया