१२ वर्षीय नाबालिकालाई ३४ वर्षको पुरुषसँग विवाह, दुई जना पक्राउ

17.01k
Shares

बुटवल ।

अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भूमिकास्थान नगरपालिका ९ का ४५ वर्षीय सकुन्तला सारु र सन्धिखर्क नगरपालिका ८ का ३४ वर्षीय मुमाराम वि.क रहेका छन् ।

सकुन्तलाले बालिकालाई कामको प्रलोभनमा पारी उनलाई घरमा बोलाएर मुमारामको जिम्मामा दिएको र त्यसपछि मुमारामले बालिकालाई सिन्दुर पहिराएर घर भित्र्याएको घटनाको खुलासा भएको हो। बालिकाको अंकलले उक्त घटनाकाबारेमा प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीले घटनाको जानकारी पाएपछि मुमाराम र सकुन्तलालाई नियन्त्रणमा लिएको छ र अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी विष्णुप्रसाद पौडेल बताउनुभयो ।घटना गत मंसिर २६ गते भएको र प्रहरीले यही पुस ४ गते पक्राउ गरि अदालत पेस गरेको ढिलो गरि प्राप्त सूचनामा जनाईएको छ ।