सियोल ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसदले केही घन्टामा नै उनको सो कदममाथि रोक लगाएको थियो ।
प्रतिक्रिया